`

रास्वपाको हावाहुरी रोकियो, नेकपा नम्बर–१ पार्टी बन्छ : प्रचण्ड (भिडियाे)

Nepal One HD ९ फागुन २०८२ १६:४९
निर्वाचन विषेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिकाे लहर राेकिएकाे दाबी गरेका छन् ।

रास्वपाकाे नामै नलिइकन उक्त दललाई लक्षित गर्दै प्रचण्डले हावाहुरी केही दिन देखिए पनि सधैँभरी नआउने र थामिसकेकाे बताए ।

उनले नेकपाकाे पक्षमा देशभर माहाेल बनेकाे र अब १२ दिन थाम्दा देशकै नम्बर-१ पार्टी बन्ने ठाेकुवा गरे ।

नेकपाकाे विजयी यात्रा सुरु भएकाे भन्दै उनले नेकपालाई पहिलाे पार्टी बन्नबाट कसैले राेक्न नसक्ने जिकिर प्रचण्डले गरे ।

फरक प्रसङ्‍मा उनले एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई ‘इतिहासमा फ्याँकिएकाे मान्छे’ भन्दै कटाक्ष गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *