उदयपुरमा बस दुर्घटना, १२ जना घाइते
प्रमुख खबर
काठमाडौं । उदयपुरमा बस दुर्घटना भएकाे छ । उदयपुरगढी गाउँपालिका-७ अधेरी टोलमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुरको क्यूआरटी टोली घटनास्थल पुगेको छ।
सशस्त्र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
