`

रास्वपाबाट ममता, प्रणयपछि भरत पनि फर्किए नेपाली काँग्रेस

Nepal One HD ११ फागुन २०८२ १४:०६
निर्वाचन विषेश

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीलाई पार्टी प्रवेश गराएका छन् । उनी विगतमा काँग्रेसमै थिए ।

तर, असन्तुष्ट बन्दै उनी २०७९ मा रास्वपा गएका थिए । हालै विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाले काँग्रेस बदलेकाे भन्दै विभिन्‍न पार्टीमा गएका का‌ँग्रेसीहरुलाई पार्टीमा फर्किन आह्‍वान गरेअनुसार रास्वपााबाट पराजुली काँग्रेस फर्किएका हुन् ।

उनलाई सभापति थापाले सोमबार बिहान सर्लाहीमा स्वागत गरेका हुन्। मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुली जिल्लाकाे पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् ।

उनी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दाबेदार थिए । तर, उनलाई सभापति रवि लामिछानेले टिकट दिएनन् । यसपछि उनी असन्तुष्ट बनेका थिए ।

उनी काँग्रेस फर्किने क्रममा भने,  ‘रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ, पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ ।’

यसअघि रास्वपा छाडेर मधेस प्रदेशकी पूर्वसभापति ममता शर्मा, प्रणय राणालगायत नेताहरु काँग्रेस फर्किएका छन् ।

प्रतिनिधिसभा निर्वाचनअघि यसरी एकपछि अर्काे नेताले पार्टी छाड्दा रास्वपालाई धक्का लाग्न सक्ने देखिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *