`

जेएस जनरल स्टोर कुलेश्वरलाई जरिवाना, १९ फर्मलाई सुधारात्मक निर्देशन

Nepal One HD १३ फागुन २०८२ ७:२३
समाचार

काठमाडौँ, १३ फागुन : निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ ।

विभागले अनुमगनको क्रममा कैफियत देखिएपछि जेएस जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारवाही गरिएको हो ।

विभागले एकै दिन कूल २० वटा फर्ममाथि अनुमगन निरीक्षण गरेको थियो । त्यसमध्ये १९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितीमा अनुमगन निरीक्षण गरिएको र कैफियत देखिएकालाई कारवाहीको दायरामा ल्याइएको विभागले प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *