प्रत्यक्षमा ६० सिट जित्ने नेकपाकाे दाबी, बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिममा जित्ने
निर्वाचन विषेश
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा १६५ मध्ये ६० सिट जित्ने दाबी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गरेकाे छ ।
वाम बुद्धिजीवीसहितकाे बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले यस्ताे दाबी गरेका हुन् ।
दाहालनिकट एक नेताले भने, ‘वा बुद्धिजिवीहरूले पनि यो पटक हाम्रो पार्टीले राम्रा गरेको बताएका छन् । संयोजकले पनि प्रत्यक्षतर्फ ६० सिट जित्ने बिफ्रिङ गर्नुभयो । वास्तविक धरातल त्यस्तो छ कि छैन, त्यसबारे सूक्ष्म समीक्षा गर्न भोलि सचिवालय बैठक बोलाइएको छ ।’
नेकपाले १२ वर्षपछि १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाले जित्ने सम्भावना भएको प्रदेशमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई राखेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
