`

बागलुङ–२ : कांग्रेसका उम्मेदवार पौडेललाई प्रलोपाका उम्मेदवारको साथ

Nepal One HD १३ फागुन २०८२ १९:०५
राजनीति

बागलुङ। बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ ।आज ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गरेको बताउनुभयो । आज कांग्रेसका उम्मेदवार पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले पौडेललाई सघाउने घोषणा गर्नुभयो ।

माओवादी केन्द्र नेकपा भएपछि कुँवर प्रलोपातर्फ लाग्नुभएको थियो । आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउनसक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको कुँवरको भनाइ छ ।उहाँको समर्थनसँगै प्रलोपाका नेता कार्यकर्ता भने अन्योलमा देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *