`

निर्वाचन आचारसंहिता पालना गर्न हुम्लाका सरोकारवाला सहमत

Nepal One HD १३ फागुन २०८२ १९:४२
राजनीति

हुम्ला। आसन्न प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन आज जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायका प्रमुख र पत्रकारलगायतको संयुक्त बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सो बैठकले सबै सरोकारवालाले निर्वाचन आंचारसंहिता परिपालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नाम्खा गाउँपालिका–६ का मतदातालाई मतदान गर्न सहज होस भनी कर्णाली कोरिडोरको उत्तर खण्ड ‘हिल्सा सिमिकोट सडक योजना कार्यालय’ र ‘पूर्वाधार विकास कार्यालय’लाई नारा लेकदेखि हिल्सा र न्यालु लेकको हिउँ पन्छ्याउन सहयोगको लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

यहाँको हिल्दुम विद्युत् सेवालाई निरन्तरता दिन र सिमिकोट गाउँपालिकाको उपभोक्तालाई २४ सै घण्टा खानेपानी उपलब्ध गराउन पहल गर्ने निर्ण यसमेत बैठकमा गरिएको जनाइएको छ ।

हुम्ला सदरमुकाममा सधैँ लोडसेडिङ् हुने र खानेपानी अभाव हुने गुनासो स्थानीयको छ । यसैबीच यहाँको सिमिकोट गाउँपालिका– ५ र ६ ठेहे गाउँको १ र २ मा मङ्गलबार देखि भोलि बिहीबारसम्म देउडा नाच सुरु भएको छ । सो नाचसँगै ढाल तरबार र छेलो समेतको खेल आजबाट सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *