`

प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल

Nepal One HD १४ फागुन २०८२ १८:३३
प्रमुख खबर

महेन्द्रनगर: प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गर्नुभएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उहाँले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिनुभयो ।

छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिनुभएको सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत सहभागिता थियो ।

सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ । त्यसैगरी यहाँका नौ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ ।प्रधानसेनापति सिग्देलले आजै सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *