आक्रामक महत्वकांक्षालाई कुचल्ने पूर्णक्षमता छः पाकिस्तानी प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले देशको सशस्त्र सेनासँग कुनै पनि आक्रामक महत्वाकांक्षालाई कुचल्ने पूर्ण क्षमता रहेको बताएका छन् ।
कुनै पनि युद्धकारी कार्यको निर्णायक जवाफ दिइने उनले बताए । यो कुरा प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शरिफले पाकिस्तानको सशस्त्र सेना व्यावसायिक विशेषज्ञता, उन्नत तालिम र प्रभावकारी रक्षा रणनीतिले सुसज्जित रहेको र यो कुनै पनि आन्तरिक वा बाह्य चुनौतीसँग सामना गर्न पूर्ण रूपमा सक्षम रहेको बताए ।
यसअघि बिहान सुरक्षा स्रोतहरूका अनुसार पाकिस्तानले अफगान तालिबानमाथि हवाई हमला गरेको छ, जसमा प्रमुख लक्ष्यहरू जस्तै ठूलो गोला बारुद गोदाम, तीन अफगान बटालियन र विभिन्न क्षेत्रका सेक्टर मुख्यालयहरू नष्ट भएका छन् ।
स्रोतकाअनुसार पाकिस्तानले अफगान तालिबानले पाकिस्तानी चौकीहरूमाथि आक्रमण शुरु गरेपछि अपरेशन न्यायको क्रोध अन्तर्गत यी हवाई हमलाहरू गरेको हो ।
