`

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

Nepal One HD २१ फागुन २०८२ ६:३८
समाचार

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई आज सिद्धार्थनगर–६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते यादवलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले निजलाई ३० लाख रुपैयाँ साँवा र सोहीबमोजिमको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि बिगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका यादवलाई उपस्थित गराउन चितवन जिल्ला अदालतले आदेश दिएको थियो ।यादव आँप चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *