स्वास्थ्यका लागि लाभदायक खर्बुजा आइपुग्याे बजारमा
काठमाडौं । गर्मीयाम सुरु भएसँगै बजारमा खर्बुजा आइपुगेकाे छ। स्वास्थ्यका लागि लाभदायक मानिने खर्बुजा अहिले काठमाडौं उपत्यकाका फलफूल बजारमा प्रशस्त मात्रामा उपलब्ध हुन थालेको व्यवसायीहरूले बताएका छन् ।
खर्बुजामा पानीको मात्रा धेरै हुने भएकाले शरीरलाई चिसो राख्न मद्दत गर्ने चिकित्सकहरू बताउँछन् । साथै यसमा भिटामिन ए, सी तथा विभिन्न खनिज तत्व पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत सहयोग पुग्ने विश्वास छ ।
तर, बजारमा बिक्री भइरहेको खर्बुजाको गुणस्तरप्रति उपभोक्ताले भने चिन्ता व्यक्त गरेका छन् । केही व्यापारीहरूले काँचो फललाई कृत्रिम रूपमा पाकाएर बेच्ने गरेको गुनासो पनि बढ्दै गएको छ ।
यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने विज्ञहरू चेतावनी दिन्छन् ।
कालीमाटी तथा अन्य तरकारी बजारका व्यापारीहरूका अनुसार खर्बुजाको मूल्य गुणस्तर र आकारअनुसार फरक-फरक रहेको छ ।







