धरान हुँदा हर्कलाई प्रधानमन्त्रीमा बालेन अस्वीकार्य, काठमाडौंमा स्वीकार्य ! (भिडियो)
बिशेष
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई स्वीकार गर्ने बताएका छन् ।
केही दिनअघिसम्म प्रधानमन्त्रीमा रास्वपाले सभापति रवि लामिछानेलाई नै बनाउनुपर्ने बताउने साम्पाङले मङ्गलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग भने बालेन्द्रलाई स्वीकार्ने बताएका हुन् ।
उनले बालेनको नाम नलिइकन भने, ‘जनताले चुन्नुभयो । जनता नै सार्वभौम हुन्छ । जनताले जसलाई चुन्नुभयो, उसलाई मान्नुको विकल्प छैन ।’
साम्पाङले बालेन संसदप्रति जवाफदेही नहुन सक्नेतर्फ भन्दै रविलाई प्रधानमन्त्रीमा अघि सार्दा उपयुक्त हुने बताउँथे ।
यद्यपि, केही दिनअघि मात्रै बालेनले साम्पाङलाई आफूले माया गरिरहेको बताएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
