`

प्रचण्डप्रति हर्क साम्पाङको ‘विचराभाव’ – सदनमा देख्दा कस्तो-कस्तो लाग्यो (भिडियो)

Nepal One HD १३ चैत २०८२ १९:०४
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डप्रति ‘विचराभाव’ प्रकट गरेका छन् ।

आफू सानो छँदा प्रचण्डलाई प्रभावशाली नेताको रूपमा सुनेको तर बिहीबार प्रतिनिधिसभामा कमजोर अवस्थामा देखिएको भन्दै उनले भने, ‘सदनमा जाँदा प्रचण्डजीलाई देखेँ । प्रचण्डलाई कस्तो कस्तो लाग्यो ।’

प्रतिनिधिसभा निर्वाचनबाट प्रचण्ड मात्रै निर्वाचित भएर सदनमा आएको भन्दै उनले भने, ‘सँधैभरी समय एकनासको हुँदैन ।’

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट प्रचण्ड र उनको दल १७ सिटे भएको छ । तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्ड यसपटक कमजोर हैसियतमा छन् ।

यसप्रति साम्पाङले कटाक्ष गर्दै विचराभाव प्रकट गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *