पूर्वएआईजी टेकप्रसाद राईको चिन्ता- देशमा द्वन्द्व निम्तिने जोखिम बढ्याे
काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले देशमा द्वन्द्वको जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन् ।
एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउपछि उनले ओलीलाई तत्कालै पक्राउ गर्नुपर्ने कुनै कारण नभएको भन्दै उनले देश द्वन्द्वको भड्खालोमा जान सक्ने बताएका हुन् ।
उनले ओलीको पक्राउ प्रक्रियाबद्ध नभएको पनि बताए । उनले भने, ‘प्रतिवेदन कार्यान्वयन गर्ने भनेपछि एउटा अनुसन्धान टिम बनाएर काम अघि बढाउनुपर्थ्यो । चेन अफ कस्टडीको कुरा हुन्छ । घटनास्थल मुचुल्काहरूको विषय आउँछन् । त्यसपछि घटना घटाउने पात्रहरू होलान्, बयानको कामहरू होला । अनि बल्ल न पक्राउको कुरा हुन्छ ।’
ओली र उनको सरकारमा गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकविरुद्ध विभिन्न राजनीतिक दलका नेता, राजनीतिक विश्लषेकहरु, नागरिक समाज, कानुन व्यवसायी र पूर्वसुरक्षा अधिकारीहरूले विरोध जनाएका छन् ।
