`

पेरिसडाँडामा नेकपाले बोलायो संसदीय दलको बैठक:प्रचण्ड दलको नेता हुने पक्कापक्की

Nepal One HD १५ चैत २०८२ ११:२५
राजनीति

काठमाडौँ । फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष ८ र समानुपातिक ७ गरि  गते १७ सिट जितेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ। आइतबार(आज) दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने भएको हो।

आज बस्ने बैठकले दलको नेता पनि चयन गर्न सक्ने  नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए । उनले पार्टीले संसदीय दलको नेता प्रचण्ड हुने लगभग पक्कापक्की रहेको समेत जिकिर गरेका छन्।

उनले भने ‘संसदीय दलको बैठकले दलको नेता पनि चयन गर्न सक्छ । प्रचण्ड दलको नेता हुनेमा कुनै दुबिधा छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *