ओलीकाे रिहाइको माग गर्दै ओलीपत्नी सर्वोच्चमा:बन्दी प्रत्यक्षीकरण निवेदन पेस
काठमाडौं। जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरिसकेकी छिन्। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उक्त निवेदन अध्ययनको क्रममा रहेको छ।
आज निवेदन दर्ता भएमा भोलि नै सुनुवाइ हुने सम्भावना रहेको छ।
यसैबीच,पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्ने तयारी गरिएको छ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रिट दायरका लागि सबै तयारी पूरा भइसकेको र अपराह्न २ बजेपछि दर्ता गरिने बताएका हुन् ।
हाल ओली-लेखक जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ, र म्याद थप प्रक्रिया सकिएपछि रिट दायर गरिने बताइएको छ।
