एमालेले काठमाडौंमा सुरु गर्यो प्रदर्शन
बिशेष
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टीका जनवर्गीय संगठनहरूले आज पनि प्रदर्शन जारी राखेका छन्।
काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रमा केहीबेरअघि देखि एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन्। यसैक्रममा एमालेका जनवर्गीय संगठनहरूले देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोध पत्र बुझाउने कार्यक्रम पनि सञ्चालन गरेका छन्।
ओलीको पक्राउविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि समेत कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्।
एमाले कार्यकर्ताहरूले हिजो (शनिबार) देखि नै आन्दोलन थालेका थिए। शनिबार पनि माइतीघर-बबरमहल क्षेत्रमा प्रदर्शन भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
