`

बालेन सरकार आएलगत्तै जुर्मुरायो सम्पत्ति शुद्धीकरण विभाग : ओली,देउवा,प्रचण्ड तानिदैँ अनुसन्धानमा

Nepal One HD १५ चैत २०८२ १६:२०
अर्थ समाचार

काठमाडौं। शपथग्रहण लगत्तै पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न हात धोएर एक्सनमा उत्रिएको बालेन नेतृत्वको सरकारले पुराना शिर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने भएको छ। बालेन नेतृत्वको सरकार कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गरेर नेताहरुलाई पक्राऊ गर्न तातेपछि सम्पत्ति शुद्धीकरण विभाग जुर्मुराएको हो।

अहिले सम्पत्ति शुद्धीकरण विभागले  सम्पति शुद्धीकरण अभियोगमा पुराना नेताहरुलाई टार्गेटमा राखेर अनुसन्धान भइरहेको र यसअघिका निवेदनलाई तीव्रता दिइएको विभागले जनाएको छ। विभागले सम्पत्ति शुद्धीकरण मुद्दामा तीनजना पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गरिरहेको छ।

विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान भइरहेको र यसअघिका निवेदनलाई तीव्रता दिइएको जनाएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्रीमाथि भइरहेको अनुसन्धान केही समयअघिदेखि नै जारी रहेको पुष्टि गरेको छ। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि विगत केही समयदेखि अनुसन्धान भइरहेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी रहेका बेला प्रमाण नष्ट हुन सक्ने आशंकाका आधारमा शेरबहादुर देउवाको निवास भत्काउने काम रोकिएको छ। भदौ २४ मा जलेका नोट फेला परेपछि यस्तो निर्णय गरिएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल आफैँ उपस्थित भएर उक्त काम रोक्न निर्देशन दिएका थिए।

यसैबीच,पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, ललितपुरको हरिहर भवन पठाइएको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको थियो। सीआईबीका अनुसार खड्कालाई अनुसन्धान प्रक्रियाका लागि विभागमा बुझाइएको हो।

अहिले विभाग आफ्नो फुल पोटेन्सियलका साथ काम गरिरहेको छ। विभागले अन्य नेताहरुमाथि पनि अनुसन्धानको प्रक्रिया अघि बढाइएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *