`

लेक लागेर ताप्लेजुङमा एक जनाकाे मृत्यु

Nepal One HD १५ चैत २०८२ १८:४१
समाचार

ताप्लेजुङ। चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ। समृद्ध पहाड संस्थामा कार्यरत ३३ वर्षीय योजना अधिकृत हमाल जुम्लाको कनकासुन्दरी गाउँपालिकाका निवासी थिए।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित लोनाक क्षेत्रमा कामका लागि पुगेका बेला उनलाई लेक लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार हमाल समृद्ध पहाड संस्थासँगै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा पनि संलग्न थिए।

उच्च हिमाली क्षेत्रमा कार्यका क्रममा शनिबार बिहान अचानक बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *