`

तत्कालीन प्रमुखसहित मालपोत कार्यालय धनकुटाका १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal One HD १५ चैत २०८२ १९:२०
समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटाका तत्कालीन मालपोत कार्यालय प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मुद्दा दायर हुनेमा तत्कालीन शाखा प्रमुख टंकप्रसाद दुवाडी, सर्वेक्षक राजेन्द्रप्रसाद यादव, तत्कालीन गाविस सचिव भक्तबहादुर भट्टराई, नासु छविलाल फुँयाल र जग्गाधनी माधवबहादुर भट्टराई लगायत रहेका छन्।

थपलियासहित केही आरोपितविरुद्ध ६७ लाख ८६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ भने भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरिएको छ।

उनीहरूमाथि तत्कालीन श्री ५ को सरकारका नाममा रहेको जग्गा किर्ते कागजातका आधारमा व्यक्तिको नाममा हस्तान्तरण गरी राज्यलाई नोक्सान पुर्‍याएको आरोप लगाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *