`

ज्यान मार्ने धम्की दिएको भन्दै साम्पाङ पुगे साइबर ब्युरो

Nepal One HD १६ चैत २०८२ १६:१९
प्रमुख खबर

काठमाडौं । श्रम,संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरो पुगेका छन् ।  सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै सोमबार साम्पाङ ब्युरो पुगेका हुन् ।

उनले ब्युरो पुगेर उजुरी दिएका छन्। साथै, उजुरीमा खड्कालाई रास्वपाको समर्थक भएको  उल्लेख गरेका छन् ।

उनले उजुरीमा रास्वपाकी समर्थक खड्काले टिकटकमार्फत ज्यान मार्ने र घर जलाउनेसम्मको धम्की दिँदै आमसञ्चारमा अत्यन्त आपत्तिजनक र पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

 साम्पाङ उजुरीमा ती व्यक्तिलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्नसमेत आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *