`

हङकङमा प्रदर्शन हुँदै फिल्म ‘नाक्छोङ

Nepal One HD १७ चैत २०८२ १८:०२
चलचित्र

काठमाडौं। नेपाली फिल्म ‘नाक्छोङ (विजुवा)’ हङकङमा प्रदर्शन हुने भएको छ। किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्य–मान्यतामा आधारित यो फिल्म आगामी अप्रिल ५ मा हङकङमा प्रदर्शन गर्न लागिएको हो।

फिल्मको प्रदर्शन किरात राई यायोक्खा हङकङ को मुख्य आयोजनामा तथा यससँग आबद्ध आठ वटा भाषिक संस्थाहरूको सहआयोजनामा हुन लागेको हो।

निर्माता ज्योतीराज राई का अनुसार प्रदर्शन जेडी मल, नाथम रोड, जोर्डन, हङकङमा हुनेछ। फिल्मले वर्तमान समयमा किराती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट टाढिँदै गएको यथार्थलाई मार्मिक रूपमा चित्रण गरेको छ। विशेषगरी ‘नाक्छोङ’ (बिजुवा) को महत्व र यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह तथा मरणसंस्कारमा पार्ने प्रभावबारे सचेतना जगाउने उद्देश्य राखिएको छ।

फिल्मका निर्देशक तथा लेखक किरण राई हुन्। उनले यसअघि ‘लुङ्गा’ र ‘जिउपंचौ’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्। निर्माता राईका अनुसार फिल्म निर्माणको मुख्य उद्देश्य किराती परम्परा संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु हो।

फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, हेम दिलुङ्गछा राई, उदय शुब्बा कुरुङबाङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई र उत्तम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा राजन मुकारुङ र विष्णु किरातीका शब्द तथा दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत समावेश गरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *