एमाले संसदीय दलको बैठक च्यासलमा जारी, संसदीय दलको नेता चयन गर्ने तयारी(तस्बिरहरु)
नेकपा एमाले
काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक पार्टी कार्यालय च्यासलमा बसिरहेको छ।
आज बस्ने संसदीय दलको बैठकले दलको नेता चयन गर्ने एमालेका एक नेताले बताए। एमाले संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र युवा माझ राम्रो छवि भएका सुहाङ नेम्बाङको चर्चा भइरहेको छ।
पार्टीको एकाथरी वृत्तले देश नै युवामय भएकाले यसपटक एमालेले पनि युवालाई अघि सार्नुपर्ने तर्क गरिरहेका छन्। यदि त्यसो हुने हो भने एमाले संसदीय दलको नेता सुहाङ नेम्बाङ बन्न सक्छन्।
तर पार्टीका शिर्षस्थ नेताहरु अनुभवी नेतृत्व लिएर संसदमा उपस्थित हुनुपर्ने मनसायमा छन्। यसले रामबहादुर थापा बादलको सम्भावना बलियो बन्ने देखिन्छ।











प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
