`

‘डिस्कोर्डदेखि आगजनीसम्म’सबै दोषीलाई कारबाही गर्न हर्क साम्पाङको माग

Nepal One HD १९ चैत २०८२ १५:४१
राजनीति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले जेन-जी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन्।

उनले सामाजिक सञ्जाल ‘डिस्कोर्ड’ प्रयोग गरेर विद्यालय पोशाकमै बालबालिकालाई आन्दोलनमा बोलाइएको, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाइएको तथा सुरक्षाकर्मीबाट अन्धाधुन्ध गोली चलाइएको आरोप लगाए।

साथै, भदौ २३ गतेको घटनासँगै २४ गते संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतजस्ता महत्वपूर्ण सरकारी संरचनामा आगजनी गराउने व्यक्तिहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ।

साम्पाङले घटनाका सबै पक्षको गहिरो अध्ययन गरी दोषी पहिचान गर्नुपर्नेमा जोड दिँदै कुनै पनि पक्षलाई उन्मुक्ति दिन नहुने बताए।

उनले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याई जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *