डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय
प्रमुख खबर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)लाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।त्यस लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको झाले बताए।
सभामुखको निर्वाचन चैत २२ गते हुँदैछ । रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित जस्तै छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
