`

इरानसँग अझै बलियो क्षेप्यास्त्र रहेको खुलासा,युद्धबारे ट्रम्प अन्यौलमा

Nepal One HD २० चैत २०८२ ११:१०
प्रमुख खबर

एजेन्सी। अमेरिकी गुप्तचर निकायले इरानको सैन्य क्षमताबारे गरेको मूल्यांकन अनुसार,इरानसँग अझै पनि बलियो क्षेप्यास्त्र प्रहार गर्ने क्षमता कायम रहेको देखिएको छ। सीएनएनको विशेष रिपोर्टले जारी द्वन्द्व र आक्रमणका बाबजुद इरानको मिसाइल प्रणाली पूर्ण रूपमा कमजोर नभएको जनाएको हो ।

उक्त मूल्यांकनअनुसार इरानले मध्यम तथा दीर्घ दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता अझै सुरक्षित राखेको छ। केही सैन्य संरचनामा क्षति पुगे पनि मुख्य प्रक्षेपण प्रणाली र भण्डारण केन्द्रहरू अझै सञ्चालनयोग्य अवस्थामा रहेको उल्लेख गरिएको छ।

यस अवस्थाले गर्दा अमेरिकाका लागि इरानसँगको सम्भावित युद्धलाई अगाडि बढाउने वा रणनीतिक रूपमा पछि हट्ने भन्ने विषयमा अन्योलको स्थिति सिर्जना भएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *