`

‘उपसभामुखको विषयलाई लिएर कुनै दलसँग वार्ता भएको छैन’ -सभापति लामिछाने (भिडियो)

Nepal One HD २० चैत २०८२ १४:३१
प्रमुख खबर

काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख कुन दललाई दिने भन्नेबारे अहिलेसम्म कुनै छलफल नै नभएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले उपसभामुखको विषयलाई लिएर कुनै दलसँग वार्ता नभएको बताएका हुन्।

यसै बिषयमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने,‘अहिले सभामुखको सकौँ,त्यसपछि उपसभामुखको छलफलको चरणमा जान्छौँ। छलफल नभएकाले कुन दलले पाउने सम्भावना छ भन्ने सम्भावनाको कुरै भएन।’

सभापति लामिछानेले संवैधानिक अभ्यास,व्यावहारिक कुरा र अभ्यासलाई हेरेर उपसभामुखबारे निर्णय लिने बताए । उनले पार्टीका उपसभापति डीपी अर्याल सभामुख भएपछि रास्वपाको नरहने समेत बताए।

उनले भने,उनले भने,‘उहाँ अब पार्टीको रहनु हुन्न। पार्टीमा रहँदाको अनुभव, अभ्यास र असहजताबाट उहाँ अगाडि बढ्नुभयो, पक्कै पनि त्यसलाई उहाँले आफ्नो अनुभवलाई व्यवहारमा ल्याउँदा पक्कै पनि केही न केही फरक त गर्नुहुन्छ।’

यस्तै,लामिछानेले आफ्नो दलले एजेन्डा अनुसार नै काम गर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *