`

संविधान संशोधन साझा एजेण्डा हो : बुर्लाकोटी (भिडियो)

Nepal One HD २० चैत २०८२ १६:०९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संविधान संशोधन सबै दलको एजेन्डा भएको बताएका छन् ।

उनले संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन भएको बताए ।

उनले शुुक्रबार सिंहदरबारमा पत्रकारहरूसँग समितिले गर्ने कार्यबारे जानकारी दिँदै भने, ‘संविधान संशोधन गर्नुपर्छ, परिमार्जन गर्नुपर्छ त सबैलाई लागेकै रहेछ, त्यो कारणले संविधान संशोधनको लागि छलफलका विषयवस्तुहरू के के हुन सक्छन् ? भन्ने प्रस्ताव गर्नको लागि त्यो एउटा सानो समिति बनेको छ, यो संविधान संशोधन समिति होइन ।’

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजतन्त्रप्रति झुकाव राख्ने आफ्ना राजनीतिक सल्लाहकार असीम शाहलाई संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलको संयोजक बनाएका छन् ।

संवैधानिक कानुनका ज्ञाता नभएका र संविधान निर्माता पनि नभएका शाहलाई संयोजक बनाएपछि राजनीतिक र न्यायिकवृत्तमा आलोचना भइरहेको छ ।

राजतन्त्रप्रति झुकाव राख्ने व्यक्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदलको नेतृत्व बनाउनुलाई गणतन्त्र पक्षधर दलहरूले आपत्ति जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *