तीन दिनपछि फेला पर्यो युवकको शव
समाचार
प्यूठान। प्यूठानमा नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।
स्वर्गद्वारी नगरपालिका-६ भानडाँडाका १९ वर्षीय नवराज घर्ती चैत २३ गते दिउँसो माण्डवी गाउँपालिका-१ सिमचौरस्थित माडी नदीमा नुहाउने क्रममा बगेर हराएका थिए। उनी ट्याक्टरका सहचालकका रूपमा काम गर्दै आएका थिए।
घटनापछि गरिएको खोजीका क्रममा तीन दिनपछि बुधबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
