`

उपसभामुखमा रुबी कुमारीको उम्मेदवारी दर्ता,रास्वपाको समर्थन (तस्वीरहरु)

Nepal One HD २६ चैत २०८२ १६:०२
प्रमुख खबर

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि २५ वर्षीय रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार बनेकी छन् । सत्तारुढ दल रास्वपाले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएका छन् ।

‘उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय रास्वपाले गरेको छ,’ बुर्लाकोटीले बताएका छन् ।

यस्तै,उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएका छन् ।  समानुपातिक सांसद लामाले बिहीबार तोकिएको समयभित्र उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नै उम्मेदवारी दर्ता गएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिइन् । सभाको सभामुख रास्वपाबाट भएको कारण संवैधानिक व्यवस्थाअनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख हुनुपर्ने व्यवस्था छ । ओलीले आफूले उपसभामुख पद लिन नचाहेकै कारण पार्टीले लामालाई अघि सारेको जिकिर समेत गरिन् ।

उनले भनिन् ‘हामीले उपसभामुखमा उम्मेदवारी दिएका छौँ । रास्वपाको समर्थनमै उम्मेदवारी दिएका हौँ । डेमोक्र्याटिक प्राक्टिस हो सबैले दाबी गर्न पाइहाल्नुहुन्छ । धेरै ठाउँमा उपसभामुखमा मेरो चर्चा भइरहेको भएपनि मैले यो पद लिने पक्षमा आफू नभएको भनिरहेको थिएँ । मैले हिजै पनि अध्यक्षज्यूलाई भेटेर म यो पद लिन्नँ भनिसकेको थिएँ ।’

उपसभामुखको निर्वाचन शुक्रवार हुँदै छ ।

तस्वीरहरु:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *