`

रास्वपाले बोलायो संसदीय दलको बैठक, के गर्छ निर्णय ?

Nepal One HD २७ चैत २०८२ ११:४०
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबार स्थित दलको कार्यालयमा हुने बताइएको छ।

बैठकमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। उपसभामुख चयनअघि दलको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको हो।

आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिने कार्यतालिका रहेको छ। उपसभामुख पदका लागि रुबीकुमारी ठाकुर र सरस्वती लामा उम्मेदवार रहेका छन्। ठाकुर श्रम संस्कृति पार्टी बाट र लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका हुन्।

रास्वपाले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ। प्रतिनिधिसभामा रास्वपाको उल्लेख्य उपस्थितिका कारण ठाकुरको जित लगभग सुनिश्चित मानिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *