रास्वपा र पुराना पार्टीको साइनबोर्ड मात्रै फरक हो : ज्ञानेन्द्र शाही (भिडियो)
भिडियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपाले धोका दिएको जिकिर गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा र पुराना पार्टीको साइनबोर्ड मात्रै फरक भएको पनि बताए।
त्यस्तै, शाहीले एक थान उपसभामुख पद आफ्नो प्राथमिकता नरहेको बताए।
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ ।
लामाको उम्मेदवारीमा शाही प्रस्तावक रहेका छन् । प्रस्तावकको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको छ ।
‘एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन र छैन’ उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
