`

उपसभामुख रुवीलाई संसदमा बहिनी भनेर सम्बोधन गरिएपछि सुमना श्रेष्ठले दिइन् हर्क साम्पांगलाई धन्यवाद र उपसभामुखलाई सुझाव

Nepal One HD २८ चैत २०८२ १०:११
राजनीति

काठमाडौं – सुमना श्रेष्ठले उपसभामुख रुवीकुमारी ठकुरीलाई संसदमा बहिनी भनेर सम्बोधन गरिएपछि हर्क साम्पांगलाई धन्यवाद र उपसभामुख रुबीलाई सुझाव दिएकी छिन् ।

उनले सांसदलाई बहिनी वा चेली जस्ता पारिवारिक शब्द प्रयोग गरेर सम्बोधन गर्नु उचित नहुने बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् – अघिल्लो अधिवेशनमा “चेली”, यसपटक “बहिनी”!अघिल्लो अधिवेशनमा कुनै पुरुष सांसदले “चेली” शब्दको निहितार्थ बुझ्न सकेनन्, तर यस पटक एउटा पुरुष सांसदले बोले!

त्यहाँ उपस्थित सबै जना सांसद हुन्!“चेली” र “बहिनी” आफ्नै ठाउँमा अपमानजनक शब्द होइनन्। तर जब औपचारिक वातावरणमा पुरुषलाई “माननीय सांसदज्यू” भनिन्छ र महिलालाई “बहिनी” भनेर सम्बोधन गरिन्छ, त्यो एक अर्थमा स्मरण गराउने प्रयास हो — कि हामी तपाईंलाई बराबरीका रुपमा हेर्दैनौं, तपाईंलाई पारिवारिक शब्दमा बाँधेर सीमित गर्न खोजिरहेका छौं।

प्रिय उपसभामुखज्यू, तपाईं संसदको पूर्ण बैठकमा हुनुहोस् वा कार्यालयमा अनौपचारिक छलफलमा—कसैलाई तपाईंलाई “बहिनी” भनेर सम्बोधन गर्न नदिनुहोस्, जब उनीहरू एकअर्कालाई “माननीयज्यू” भन्छन्।तपाईं हाम्रो उपसभामुख हुनुहुन्छ, संयोगवश तपाईं सबैभन्दा कान्छी हुनुहुन्छ, बस् त्यत्ति मात्र।समान सम्मानको सीमाना भाषाबाट नै सुरु हुन्छ—हामीले सम्बोधनमा समानता ल्याउन सकेनौं भने व्यवहारमा समानता कसरी सम्भव हुन्छ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *