२ हजार ४९२ जना कारबाहीमा
समाचार
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४९२ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक नियम उल्लङ्घनका घटनाबाट राज्यकोषमा रु ५ लाख ४ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा परेकामध्ये ६८ जनाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका थिए भने २७५ जनाले नियम विपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरेका थिए। त्यस्तै १४५ जनाले ट्राफिक संकेत उल्लङ्घन गरेका र १८३ जनाले तीव्र गतिमा सवारी चलाएका थिए।
यसैगरी लेन अनुशासन पालना नगर्ने ९६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जना तथा तोकिएको स्थानमा यात्रु चढाउने-ओराल्ने नियम उल्लङ्घन गर्ने ५९ जना पनि कारबाहीमा परेका छन्। अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ४१३ जनालाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको जनाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
