पल-पूजाको ‘रावायण’ युट्युबमा
चलचित्र
काठमाडौं । पल शाह र पूजा शर्माको मुख्य अभिनय रहेको फिल्म ‘रावायण’ युट्युबमा सार्वजनिक भएको छ। सुदर्शन थापाको निर्देशनमा बनेको उक्त फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
पूजा शर्मा निर्माता रहेको यो फिल्म करिब डेढ वर्षअघि देशभरका सिनेमा हलमा प्रदर्शन गरिएको थियो। त्यस समयमा अभिनेता पल शाहले फिल्ममा प्रयोग गरिएको नक्कली दाह्रीलाई लिएर आलोचनासमेत सामना गर्नुपरेको थियो।
फिल्ममा पल शाह र पूजा शर्मासँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मिला मल्ल, कैलाश रावल, अनिल कुर्मी र प्रदीप ढकाललगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
