हर्कको व्यङ्ग्य-अहिले चुपचापकालमा सरकारविरुद्ध बोल्न पाइँदैन, कोरस गाइहाल्छन्
बिशेष
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्।
राणाकालसँग तुलना गर्दै वर्तमान समयमा पनि सरकारविरुद्ध खुलेर बोल्न कठिन भइरहेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘राणाकालमा बोल्न पाइँदैन थियो, अहिले चुपचाप कालमा पनि सरकार विरुद्ध बोल्न पाइँदैन।
साम्पाङले अहिलेको परिस्थितिलाई ‘चुपचाप काल’ भन्दै बालेन सरकारलाई व्यङ्ग्य गरे ।
यदि, बालेन सरकारको विरुद्ध बोले गालीको वर्षा हुने गरेको बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
