`

हुकुमबासी इन्द्र चाम्लिङकाे सात तले महलमा चल्याे डाेजर (भिडियो)

Nepal One HD २० वैशाख २०८३ १३:५८
प्रमुख खबर

काठमाडौं । हुकुम्बासी इन्द्र चाम्लिङ राईको सात तले आसिन महलमा डोजर चलेको छ र उक्त संरचना ध्वस्त भएको छ। काठमाडौंको धोबीखोला किनारको सरकारी जग्गा अतिक्रमण गरी उनले सो ठूलो भवन निर्माण गरेका थिए।

सो क्षेत्रमा ८–९ वटा साना-ठूला संरचना निर्माण गरी भाडामा लगाएर मासिक ठूलो आम्दानी लिने गरेको आरोप उनीमाथि लाग्दै आएको छ। धोबीखोलामा समाजसेवीको नाममा उनले फलामे पुल समेत निर्माण गरेको बताइन्छ।

तर, सुकुम्बासीको नाम बदनाम गर्दै हुकुम्बासी बनेका चाम्लिङले देवीनगर क्षेत्रमा सरकारी जग्गा कब्जा गरी मासिक चार लाखभन्दा बढी भाडा असुल्ने गरेको आरोप छ।

यसअघि काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको कार्यकालमा पनि उनको संरचनामा डोजर चलेको भए पनि मुख्य सात तले भवन भने त्यसबेला नछोइएको बताइन्छ। तर पछिल्लो पटक भने अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत सो भवन पूर्ण रूपमा भत्काइएको हो।

डोजर चलेपछि इन्द्र चाम्लिङले ‘म सानो चित्त गर्ने मान्छे होइन’  भन्ने प्रतिक्रिया दिएका छन्।

उनी लामो समयदेखि भूमाफियाको आरोपमा विवादमा रहँदै आएका छन्। पञ्चायतकालमा भोजपुरबाट काठमाडौँ आएका उनी सुकुम्बासीको पहिचानबाट विस्तारै भूमाफिया बनेको आरोप लाग्दै आएको छ। हाल उनी राजनीतिक रूपमा पनि सक्रिय रहेको बताइन्छ र उनलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको संरक्षण रहेको दाबी पनि गरिएको छ।

अन्ततः आइतबार उनको सात तले महल ढलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *