सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ समाचार
काठमाडौं । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ हजार २७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा किनबेच भएको थियो ।
गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ तथा चाँदीको मूल्य ५ हजार ५० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ४ हजार ७१५ अमेरिकी डलर तथा चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
