राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
बिशेष
काठमाडौं । सरकारले आगामी वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक अनुरोध गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपतिलाई सम्बोधनका लागि आमन्त्रण गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले संघीय संसद्को दुवै सदनका सबै सदस्यहरूको उपस्थिति सुनिश्चित गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको जानकारी दिए।
सरकारको सिफारिसमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था तथा अभ्यासअनुसार यो प्रक्रिया अघि बढाइएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
