`

अमेरिका-इरानबीच गोली हानाहान : तेलको मूल्य बढ्यो

Nepal One HD २५ वैशाख २०८३ १३:३०
अर्थ समाचार

एजेन्सी। होर्मुज स्ट्रेटमा अमेरिका र इरानबीच हानाहान भएपछि शुक्रबार बिहान एसियाली बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ ।

विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रतिब्यारेल २.६ प्रतिशतले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा कारोबार हुने कच्चा तेल २.३ प्रतिशतले बढेर ९७ डलर पुगेको छ ।

बीबीसीका अनुसार होर्मुज स्ट्रेट क्षेत्रमा अमेरिका र इरानबीच गोली हानाहान भएको हो । घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालै प्रभाव देखिएको हो ।

अमेरिकी सेनाले इरानले बिनाकारण आक्रमण गरेकाले आफूहरू प्रतिकार गर्न बाध्य भएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणका क्रममा अमेरिकी जहाजलाई लक्षित गरिएको र त्यसपछि अमेरिकी कारबाहीमार्फत इरानी साना डुंगाहरू नष्ट गरिएको बताएका छन् । साथै अमेरिकी जहाजविरुद्ध प्रहार गरिएका मिसाइलहरू पनि निष्क्रिय पारिएको उनको भनाइ छ ।

यता इरानी सेनाले भने अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै कडा जवाफ दिने चेतावनी दिएको छ ।

केही समयदेखि इरान र अमेरिका बीच तनाव कम हुँदै युद्धविरामको अवस्था रहेको भनिए पनि पछिल्लो घटनाले फेरि ठूलो स्तरको द्वन्द्व चर्किने जोखिम बढाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *