`

पाकिस्तानमा प्रतिलिटर ४१४ रुपैयाँ पुग्यो पेट्रोलको मूल्य

Nepal One HD २६ वैशाख २०८३ १०:४९
अर्थ समाचार

एजेन्सी। पाकिस्तानमा पेट्रोल र हाई-स्पीड डिजेलको मूल्य फेरि बढाइएको छ । पाकिस्तान सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १४.९२ पाकिस्तानी रुपैयाँ र हाई–स्पीड डिजेलको मूल्य १५ पाकिस्तानी रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्य लागू भएपछि पाकिस्तानमा पेट्रोल प्रतिलिटर ४१४.७८ पाकिस्तानी रुपैयाँ पुगेको छ भने हाई–स्पीड डिजेलको मूल्य ४१४.५८ पाकिस्तानी रुपैयाँ कायम भएको छ ।

पेट्रोलियम डिभिजन ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य मे ९ देखि लागू गरिएको हो ।

गत मार्च महिनामा पेट्रोलको मूल्य प्रतिलिटर २५५ पाकिस्तानी रुपैयाँ रहेको थियो । त्यसयता सरकारले पाँच पटक मूल्यवृद्धि गरिसकेको छ । दुई महिनाको अवधिमा पेट्रोलको मूल्य ६० प्रतिशतभन्दा बढीले बढेपछि पाकिस्तानमा महँगी र जनजीवनमाथिको दबाब अझ बढ्ने अनुमान गरिएको छ ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि, मुद्रा अवमूल्यन तथा क्षेत्रीय तनावका कारण पाकिस्तानमा इन्धनको मूल्य लगातार उकालो लागिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *