सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
अर्थ समाचार
काठमाडौं। स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु एक हजारको गिरावट आएको छ भने चाँदीको मूल्यमा प्रतितोला रु २५ को वृद्धि भएको छ।
नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ९०० मा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ९९ हजार ९०० कायम थियो।
सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। गत शुक्रबार प्रतितोला रु पाँच हजार २७५ मा कारोबार भएको चाँदी आज रु पाँच हजार ३०० पुगेको छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा मूल्यमा फेरबदल भएको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ७१५ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
