`

चार सयले घट्यो सुनको मूल्य

Nepal One HD २८ वैशाख २०८३ ११:३४
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ।

आइतबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुन आज थप चार सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँमा किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने आज बढेको छ। आइतबार प्रतितोला पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले बढेर पाँच हजार तीन सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *