`

इन्टरनेटबिना यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

Nepal One HD २८ वैशाख २०८३ १३:२२
अर्थ समाचार

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले शैक्षिक सत्र २०८२/८३ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छोटो समयमै सार्वजनिक गर्ने तयारी गरिरहेको बेला स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रा. लि.) ले यस वर्ष पनि विद्यार्थीहरूलाई मोबाइलमार्फत नतिजा उपलब्ध गराउने आफ्नो आधिकारिक साझेदारीलाई निरन्तरता दिएको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेकाले ५ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकले वेबसाइट डाउन हुने समस्या बिना ३५००१ सर्टकोडमार्फत सहज रूपमा नतिजा प्राप्त गर्न सक्ने गरी उच्च क्षमताको प्राविधिक पूर्वाधार तयार गरिएको कम्पनीले जनाएको छ।

स्प्यारो एसएमएसले सन् २०१० देखि नेपालमा एसएमएसमार्फत परीक्षा नतिजा हेर्ने प्रणाली सुरु गर्दै डिजिटल सेवामा नयाँ अभ्यासको सुरुवात गरेको थियो। विगत १६ वर्षदेखि ‘क्याम्पस स्टार्टअप’ का रूपमा सुरु भएको यो सेवा अहिले नेपालको राष्ट्रिय डिजिटल पूर्वाधारको महत्वपूर्ण हिस्सा बनेको कम्पनीको दाबी छ।

पहिले नतिजा हेर्नका लागि गोरखापत्र कुर्नुपर्ने वा साइबर क्याफे धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्प्यारो एसएमएसले इन्टरनेट बिना नै सामान्य मोबाइलबाट नतिजा हेर्न सकिने सेवा उपलब्ध गराउँदै आएको छ।

स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले भने, ‘विगत १६ वर्षदेखि हाम्रो उद्देश्य एउटै छ, विद्यार्थीहरूको जीवनको अत्यन्त तनावपूर्ण दिनमा सहजता प्रदान गर्नु। ३५००१ सर्टकोडमार्फत हामी यो सुनिश्चित गर्छौं कि विद्यार्थी काठमाडौंमा होस् वा दुर्गम हिमाली गाउँमा, उनीहरूको भविष्य केवल एक सन्देशको दूरीमा रहोस्।’

एसईई नतिजा हेर्ने तरिका

नतिजा सार्वजनिक भएपछि विद्यार्थी तथा अभिभावकले जीपीए सहितको नतिजा प्राप्त गर्न निम्न प्रक्रिया अपनाउन सक्नेछन्:

१ . मोबाइलको मेसेज (एसएमएस) एप खोल्नुहोस्।

२ . एसईई [आफ्नो सिम्बोल नम्बर] टाइप गर्नुहोस्।

३ . उक्त मेसेज ३५००१ मा पठाउनुहोस्।

उदाहरण:
एसईई 12345678A टाइप गरी ३५००१ मा पठाउने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *