सरकारले स्वेच्छाचारिता लाद्न खोजेको एमालेको आरोप
नेकपा एमाले
काठमाडौं। नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकारले संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास गरिरहेको भन्दै प्रश्न गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सरकारले ल्याएको अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति सिफारिसको समेत विरोध गरिन्।
सांसद अर्यालले लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्ने भए पनि सार्वभौम संसद् भन्दा माथि हुन नसक्ने बताइन्। उनले भनिन्, ‘लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ तर, सार्वभौम संसद् भन्दा शक्तिशाली हुन सक्दैन।’
उनले सरकारले उपयुक्त विकल्पबिना सुकुमबासी बस्तीमा डोजर चलाएर ‘आतङ्क’ मच्चाएको आरोप पनि लगाइन्।
त्यस्तै, न्यायपालिकामाथि समेत नियन्त्रण गर्ने प्रयास भइरहेको हो कि भन्ने आशंका व्यक्त गर्दै उनले प्रश्न गरिन्, ‘न्यायपालिकामा समेत कब्जा जमाउने प्रयास त होइन ?’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
