सेनाको दुरुपयोग गरेर सरकारले सुकुमबासी बस्तीमा ‘आतङ्क’ मच्चाएको हर्कको आरोप
बिशेष
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सेनाको दुरुपयोग गरेर सुकुमबासी बस्तीमा ‘आतङ्क’ मच्चाएको आरोप लगाए।
उनले भने, ‘नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुमबासी बस्तीमा दादागिरी देखाउन पठायो? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ।’
साम्पाङले देश अहिले अभिभावकविहीन बनेको टिप्पणी गर्दै सरकारको औचित्यमाथि प्रश्न उठाए। उनले सरकार असफल भइसकेको दाबी पनि गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
