`

सरकारले प्रतिनिधिसभामा पेश गर्यो आठ वटा अध्यादेश

Nepal One HD २८ वैशाख २०८३ १५:३१
बिशेष

काठमाडौं । सरकारले प्रतिनिधिसभामा आठ वटा अध्यादेश पेश गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित अध्यादेशहरू टेबुल गरेको हो।

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ पेश गरेको छ।

त्यस्तै, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ पनि संसद्मा पेश गरिएको छ।

यसैगरी सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश–२०८३ तथा सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ समेत प्रतिनिधिसभामा दर्ता गराएको छ।

सरकारले संसद् अधिवेशन आह्वान भइसकेपछि अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले भने यसको विरोध गर्दै आएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *