नेप्से ३८ अंकले लाग्यो उकालो
काठमाडौं। नेपाल सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेर बन्द भएको छ।
आज बजारमा कुल ३३२ कम्पनीका १ करोड ४ लाख कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा कुल ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बजारमा व्यापक उत्साह देखिएको छ। कुल २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज फर्स्ट माइक्रोफाइनान्सका सेयरधनीहरूले सर्वाधिक १४.१९ प्रतिशत नाफा कमाएका छन्। त्यसैगरी कुमारी भनवृद्धि योजना ११.३७ प्रतिशत र डोल्टी हाइड्रोपावर ८.४३ प्रतिशतले बढेका छन्।
आज सबै समूहका सूचकमा सुधार देखिएको छ।
सबैभन्दा धेरै गिरावट भने त्रिशूली जलविद्युत कम्पनीमा देखिएको छ, जसको सेयर मूल्य २.८७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स पहिलो स्थानमा रहेको छ, जसको २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि नेशनल हाइड्रोपावर १७ करोड ६० लाख र एसवाई प्यानल १६ करोड १० लाख रुपैयाँ बराबरको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
