`

राजनीतिक दलसँग सहकार्य गरेर संविधान संशोधन गरिने

Nepal One HD २८ वैशाख २०८३ १६:३२
बिशेष

काठमाडौं। सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान संशोधनका साझा विषय पहिचान गरिने बताएका हुन् ।

उनले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न संवाद र सहकार्यका आधारमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरिने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भने, ‘सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिनेछ ।’

सरकारले यसअघि नै प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरिसकेको छ । उक्त कार्यदलले आफ्नो काम अगाडि बढाइरहेको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत संविधान संशोधनको विषयलाई प्राथमिकतासाथ समेटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *