`

सरकारले पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गर्ने

Nepal One HD २८ वैशाख २०८३ १७:०६
बिशेष

काठमाडौं। सरकारले शिक्षामा सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गर्ने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो । नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित सेवामुखी र गुणस्तरीय बनाउन स्वस्थ नियमन गरिने घोषणा गरे । दिवा खाजा र पोसाकसहितको सहज वितरण गरी रोजगारमुखी बनाउने पनि सरकारले जनाएको छ ।

उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउने तथा १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र सिकाई प्रविधिको विकास गरिने पनि सरकारले जनाएको छ ।

विपन्न, सीमान्तकृत, दलित आदिवासीलगायतका बालबालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्ने पनि सरकारको घोषणा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *